Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
शहीद हर्क आलेका भाइसहितका माओवादी कार्यकर्ता एमालेमा प्रवेश « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

शहीद हर्क आलेका भाइसहितका माओवादी कार्यकर्ता एमालेमा प्रवेश

चिन्तन खबर

प्राङबुङ । सशस्त्र जनयुद्धका शहीद हर्क आलेका भाइ देवी आले सहितका नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

आज फालेलुङ गाउँपालिका–५ प्राङबुङमा एमाले वडा कमिटीले आयोजना गरेको वडा स्तरीय निर्वाचन केन्द्रीत कार्यक्रममार्फत आले सहित स्थानीय निर्वाचन २०७४ मा माओवादी केन्द्रबाट वडा सदस्यका उम्मेदवार सीता केरुङ राई लगायत माओवादी केन्द्रका कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

प्राङबुङस्थित सहकारी भवनमा कार्यक्रम सम्पन्न भएको थियो । माओवादी केन्द्र काँग्रेसको सहयोगी मात्रै बनेको, कम्युनिष्ट विचारधारा विपरित कार्य गर्न थालेको र एमाले विगतको नेकपाको निरन्तरता देखिएकाले आफूहरुले एमाले रोजेको उहाँहरुको भनाई थियो ।

कार्यक्रममा पूर्वमन्त्री समेत रहनुभएका नेकपा (एमाले)का केन्द्रीय सदस्य, पाँचथर इन्चार्ज एवं एमालेबाट प्रतिनिधि सभा सदस्यमा प्रस्तावित उम्मेदवार वसन्तकुमार नेम्वाङ, पूर्वमन्त्री एवं एमाले केन्द्रीय सदस्य एवं पाँचथर सहइन्चार्ज श्रीप्रसाद जबेगू, एमाले पाँचथरका अध्यक्ष एवं एमालेबाट प्रदेशसभा क का लागि प्रस्तावित उम्मेदवार राजकुमार भण्डारी सहितका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।