Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरमा मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरमा मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

चिन्तन खबर

फिदिम । पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन् ।

आज दिउँसो अन्दाजी ३ः३० बजे पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा पर्ने फिदिम नगरपालिका–४ सालघारी स्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका जिल्लाको कुम्मायक गाउँपालिका–३ रानीगाउँ घर भएका २४ वर्षीय भीमबहादुर माझीको उपचारका क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी भीमबहादुरकी श्रीमती २० वर्षीया सुस्मिता माझी गम्भीर घाइते भएको र जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार राईले जानकारी दिनुभयो ।

फिदिम नगरपालिका–४ माझीटारबाट कुम्मायकतर्फ जाँदै गरेको मृतक माझीले चलाएको को ४ प ८९९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ । केही स्थानीयवासीले भने अर्को मोटरसाइकलले ठक्कर हुनसक्ने वताएका छन् ।

दुर्घटनामा घाइते माझी दम्पत्तिलाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याएकामा उपचारका क्रममा भीमबहादुरको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।