पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचथरमा सुरु भयो मनोनयन दर्ता

चिन्तन खबर

पाँचथर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि पाँचथरमा उम्मेदवारी मनोनयन पत्र दर्ता कार्य सुरु भएको छ ।

फिदिम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विहान ११ बजेबाट मनोनयन पत्र दर्ता सुरु भएको हो ।

दिउँसो १२ बजेसम्म जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले उम्मेदवारी दर्ता गराएका छन् ।

यी दुई दलले प्रतिनिधिसभा सदस्यको एक तथा प्रदेश सभा सदस्यको दुवै सिटका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

राप्रपा नेपालबाट प्रतिनिधि सभा सदस्यमा मदनकुमार पोखरेल, प्रदेश सभा क्षेत्र नं. क मा नेत्रबहादुर बस्नेत र प्रदेश सभा निर्वाचन क्षेत्र नं. ख मा चन्द्रमाया बोहोरा उम्मेदवार बन्नुभएको छ ।

यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट प्रतिनिधि सभा सदस्यमा जसबहादुर योङहाङ, प्रदेश सभा क्षेत्र नं. क मा सागर केरुङ र प्रदेश सभा क्षेत्र नं. ख मा दीपेन्द्र चेम्जोङ (लाबाहाङ) उम्मेदवार बन्नुभएको छ ।

मुख्य राजनीतिक दलहरुले भने उम्मेदवारको मनोनयन पत्र दर्ताका लागि दिउँसो २ बजे पछिको समय लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।