फिदिम । पाँचथरबाट प्रतिनिधि सभा सदस्यका लागि १५ जनाको उम्मेदवारी परेको छ ।
एक प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा चार जना स्वतन्त्र र ११ जना दलका उम्मेदवारहरुले उम्मेदवारीको मनोनयन पत्र दर्ता गराएका हुन् । पाँचथरमा नेकपा (एमाले)बाट पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले उम्मेदवारी दिनुभएको छ ।
यस्तै जनता समाजवादी पार्टीका प्रेमराज लावती, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमलबहादुर चेम्जोङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जसबहादुर योङहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका दलप्रसाद लिङदेन, नेपाल कम्युनिष्ट पार्टी (माले)का दीननाथ घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङ, जनसमाजवादी पार्टीका भीमबहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका मदनकुमार पोख्रेल र मंगोल नेसनल अर्गनाइजेसनका रामकुमार तुम्रोकले पनि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । यस्तै मिक्लाजुङ–२ का दलबहादुर आङदेम्बे, फिदिम–१२ का बालकृष्ण काफ्ले, हिलिहाङ–३ का लाखबहादुर पालुङ्वा र मिक्लाजुङ–८ का बिस्टन लावतीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
प्रतिक्रिया