फिदिम । पाँचथर प्रदेश सभा निर्वाचन क्षेत्र नं. ख मा नौ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा एमालेका अइन्द्रसुन्दर नेम्वाङ र गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोले उम्मेदवारी दिनुभएको छ ।
यस क्षेत्रबाट जनता समाजवादी पार्टीका एबिराज आङदेम्बे, राप्रपाका प्रवक्ता सगुनसुन्दर लावती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपेन्द्र चेम्जोङ (लाबाहाङ), राप्रपा नेपालका चन्द्रमाया बोहोरा, राष्ट्रिय जनमुक्ति पार्टीका सूर्यहाङ तुम्बापो र मंगोल नेशनल अर्गनाइजेसनका बलबहादुर बुर्जामगरले उम्मेदवारी दिनुभएको छ ।
यस क्षेत्रबाट नेपाली काँग्रेसका पुराना नेता खड्गसुन्दर लावतीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । गठबन्धनलाई अस्वीकार गर्ने तथा आफ्नो क्षेत्रको विकास अर्को क्षेत्रका उम्मेदवारले गर्न नसक्ने भन्दै लावतीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।
प्रतिक्रिया