पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँच वर्षको स्थायी सरकारमार्फत समृद्धितर्फ लैजान मेरो उम्मेदवारी : आङदेम्बे

चिन्तन खबर

भीष्मराज आङदेम्बे

पाँचथरले नेतृत्व गर्ने अवसर नपाएको पनि होइन । तर पाँचथर नेतृत्व पाउँदा पाउँदै पनि बत्तीमुनिको अध्याँरोजस्तो भयो । अन्य जिल्लाहरुले विकास निर्माणमा धेरै फड्को मारिसक्दा पनि पाँचथर हिलाम्य हुनुप¥यो ।

यो सबै स्थितिबाट बाहिर निकाल्न हामी गठबन्धनमा बसिकन, हामीहरुले पाँच वर्षको स्थायी सरकार दिने, आजको मितिमा भन्नु पर्दा ठ्याक्कै पाँचथर जिल्लालाई समृद्धितर्फ लैजानका निम्ति हामीले केही हाम्रा खाकाहरु स्थानीय घोषणा पत्रका रुपमा तयार पारेका छौं । त्यो हामी चाँडै सार्वजनिक गरेर तपाईंहरुको सामु ल्याउने नै छौं ।

पाँचथरमा धेरै सुन्दर प्राकृतिक धार्मिक पर्यटकीय स्थलहरु छन् । ती धार्मिक र प्राकृतिक स्थलहरुलाई देशभरी र बाहिर पनि चिनाउनका लागि र सशक्त युवाहरुको मानसिकतालाई जिल्लातर्फ डोहो¥याउन युवाहरुलाई फोकस गराउने सोच राखेका छौं ।

हाम्रो जिल्ला हर्वल जोनको रुपमा विकास गर्न सकिने जिल्ला पनि हो । दूग्ध विकास, कृषि विकास, विकास निर्माण टुटेको जस्तो देखिएको छ, त्यसलाई निरन्तरता दिनका लागि हामी आएका छौं ।

हामीलाई लाग्छ, हामी स्थायी सरकार बनाउने छौं र निश्चित रुपमा त्यो सरकारमा सशक्त मन्त्रालय लिनेछौं । मंसिर ४ पछिको परिणाम गठबन्धनको पक्षमा हुन्छ ।

हिँजो जनताको दुई तिहाई मतको अभिमतको तिरस्कार गरेको अनुभूति देशभरीको जनताले गरेको छ, त्यसबाट जनतालाई बाहिर निकाल्छौं । जनताको विश्वासलाई जिल्लाको सर्वोपरी समृद्धिमा लैजान्छौं ।

मैले ब्यक्तिगत रुपमा भन्नु पर्दा राजनीति गर्ने एउटा राजनीतिकर्मीका रुपमा आफ्नो जीवन समर्पण गरिसकेपछि कहिँ न कहिँ एक पटक सरकारमा गएर जनताको सेवा गर्ने लोभ हुँदो रहेछ । त्यसो भएको हुनाले जनताको सेवा गर्ने, चाहेको विकास निर्माण गर्ने इच्छा छ ।

र जनताले त्यो सेवा गर्ने मौका जनताले दिनु हुनेछ भन्ने विश्वास छ । त्यसमा हामी खरो उत्रने सङ्कल्प गरेर उम्मेदवारी दिएका छौं ।

(आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारीको मनोनयन पत्र दर्ताका क्रममा गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले सञ्चारकर्मीसमक्ष ब्यक्त गरेका धारणामा आधारित ।)