पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निशान मेलाका अवसरमा आयोजित महिला र पुरुष फुटवलको उपाधि फलैंचालाई

चिन्तन खबर

थर्पु । पाँचथरको याङवरक गाउँपालिकाको थर्पुमा निशान मेलाको अवसरमा आयोजित खुल्ला पुरुष फुटवल प्रतियोगिता तथा गाउँपालिका स्तरीय महिला फुटवल प्रतियोगिताको उपाधि फलैंचा फुटवल क्लबले जितेको छ ।

आइतवार आयोजित दुवै प्रतियोगिताका फाइनल खेलमा जित निकाल्दै फलैंचाले उपाधि उचालेको हो । पुरुष फुटवलतर्फ याङनाम फुटवल क्लबलाई हराउँदै फलैंचाले उपाधि उचालेको छ । यस्तै महिलातर्फ राष्ट्रिय युवा संघ याङवरकलाई हराउँदै फलैंचा दुवै उपाधि रक्षा गर्न सफल भयो । उपाधिसँगै पुरुष फुटवलतर्फ फलैंचाले रु. ८११११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता याङनामले रु. ५११११ पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । महिलातर्फ ट्राई ब्रेकरमा राष्ट्रिय युवा संघलाई पराजित गर्दै फलैंचाले रु. ३११११ र उपविजेता राष्ट्रिय युवा संघले रु. २११११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै मेलाकै अवसरमा आयोजित भलिवल प्रतियोगिताको उपाधि पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङले हात पार्दै रु. ५११११ पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको सिदिङ्वा गाउँपालिका ताप्लेजुङले रु. ३११११ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । मेलाको अवसरमा उपाध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता समेत सम्पन्न भएको छ । प्रतियोगिताअन्तर्गत जुनियरतर्फ सुमन लिङदेन टिम प्रथम र याङवरक गाउँपालिका दोश्रो भएका थिए भने सिनियरतर्फ याङवरक ब्याडमिन्टन संघ प्रथम र हिलिहाङ गाउँपालिका दोश्रो भएका थिए । गत असोज १७ गते सुरु भएको निशान मेला तथा खेलकुद प्रतियोगिता आइतवार सम्पन्न भएको छ ।