Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
दक्षिण कोरियामा हेलोइन मनाउन जम्मा भएको भीडमा किचिएर १५१ जनाको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

दक्षिण कोरियामा हेलोइन मनाउन जम्मा भएको भीडमा किचिएर १५१ जनाको मृत्यु

चिन्तन खबर

एजेन्सी । दक्षिण कोरियाको राजधानी सोलमा हेलोइन मनाउन जम्मा भएको भीडमा किचिएर १५० जनाभन्दा धेरैको मृत्यु भएको छ।

घटनामा ८२ जना घाइते भएको त्यहाँको आपतकालिन सेवाले जनाएको छ। शनिवार साँझ भएको घटनामा मृत्यु हुनेमा १९ जना विदेशी छन्। अधिकारीहरूले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्।

हेलोइन मनाउनका लागि त्यहाँको चर्चित रात्रिकालीन गतिविधि हुने क्षेत्रमा मानिसहरूको ठूलो भीड जम्मा भएको थियो। घटनाका अधिकांश पीडितहरू २० वर्ष आसपासका किशोर र युवाहरू रहेको बताइएको छ।

साँघुरो गल्लीमा अत्यधिक भीड जम्मा भएर ठेलमठेल भएपछि भाग दौड मच्चिँदा मानीसहरूलाई भीडले किचेको विवरणहरू आएका छन्। सोलको महानगर सरकारले घटनापछि अझै ३५५ जना हराइरहेको उजुरी प्राप्त भएको जनाएको छ।

घटनास्थलमा खिचिएका भिडिओहरूमा आपतकालिन सेवाका कर्मचारीहरूले मानिसहरूलाई होसमा ल्याउन सीपीआर दिइरहेको देखिन्छ। भिडिओमा र शव राख्न प्रयोग हुने झोलाहरू सडक भरी देखिएका छन्।

दक्षिण कोरियामा यो सन् २०१४ मा फेरी दुर्घटनामा ३०० जनाको मृत्यु भयायताकै सबैभन्दा दुखद घटना हो। राजधानी सोलसँगकै रहेको रात्रिकालीन गतिविधिका लागि प्रख्यात इतेवोनमा दुर्घटना भएको थियो।

घटना भएको समयमा उक्त स्थानमा हेलोइन मनाउन १००,००० मानिसहरू भेला भएको आनुमान गरिएको छ। हरेक सप्ताहान्तमा यो स्थानमा भीड हुने गरे पनि कोभिड महामारीपछि पहिलो पटक आयोजना भएको खुला हेलोइन मनाउन शनिवार अत्यधिक मानिसहरू जम्मा भएका थिए।

दक्षिण कोरियामा कोभिड महामारीपछि खुला स्थानमा हेलोइन आयोजना भएको यो नै पहिलो थियो। सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा साँघुरो स्थानमा हलचल गर्न नसक्ने गरी मानिसहरूको भीड जम्मा भएको देखिन्छ।

एउटा भिडिओमा मानिसहरूलाई सास फेर्न कठिन भएको समेत देखिएको छ। अर्को एउटा भिडिओमा आपतकालिन सेवामा मानिसहरूले भीडबाट शवको खात निकाल्दै गरेको देखिन्छ। शवहरू सडक र एम्बुलेन्समा लैजाँदै गर्दै मानिसहरूको चिच्याहट र रोदन सुनिन्छ।

दक्षिण कोरियाका राष्ट्रपति युन शुक(योलले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्। उनले घाइतेहरूको उपचारका लागि कार्यदल बनाउन पनि भनेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले एक सन्देश मार्फत घटनामा दुख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन्।