Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
लक्की शेर्पा र धर्मदत्त देवकोटा एमाले प्रवेश, माओबादीले कम्युनिष्ट आन्दोलनलाई घात गरेको निष्कर्ष « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

लक्की शेर्पा र धर्मदत्त देवकोटा एमाले प्रवेश, माओबादीले कम्युनिष्ट आन्दोलनलाई घात गरेको निष्कर्ष

चिन्तन खबर

काठमाडौं । स्थानीय तहको निर्वाचको मिति नजिकिदै जाँदा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र छाडदै एमाले प्रवेशको लहर चलेको छ । प्रचण्ड नेतृत्वको माओवादीबाट नेपालको कम्युनिष्ट आन्दोलनमाथि घात भएको निश्कर्षसहित आज मात्रै चर्चित नेताहरु सो पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन ।

नेकपाको स्थापना दिवसकै अवसर पारेर आज माओवादी केन्द्रीय सदस्य तथा सहकारी बिभाग प्रमुख धर्मदत्त देवकोटा, अष्ट्रेलियाका लागि पूर्वनेपाली राजदूत तथा संबिधानसभा सदस्य लक्की शेर्पा सिंगो टीमसहित एमाले प्रवेश गर्नुभएको छ । उहाँहरु दुवै जना माओवादी केन्द्रका पूर्वपोलिटब्यूरो सदस्य हुनुहुन्छ ।

यस्तै लेखनाथ नगरपालिकाका पूर्वमेयर सालिकराम पौडेलसहित सागर ढकाल, डा. ल्हाक्पा शेर्पा, कोषबहादुर जिसीलगायतका चर्चित नेताहरु पनि एमाले प्रवेश गर्नुभएको छ । उहाँहरुलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित बिशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।

माओवादीले राष्ट्रको हितबिपरितको काम गरिरहेको र कांग्रेसको पुच्छर बनेर कम्युनिष्ट आन्दोलन सकाउने अभियान चलाएकोले सो पार्टी त्यागेर एमाले रोजेको उहाँहरुको भनाई छ । जनताटाइम्सबाट साभार