पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाभियोग निष्क्रिय भएसँगै चोलेन्द्र अदालत जाने तयारीमा

चिन्तन खबर

काठमाडौं । संसद् सचिवालयका महासचिव डा भरत गौतमबाट महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारीसहितको पत्र प्रदान गरेसँगै चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको हैसियतमा हाजिर हुन बुधवार सर्वोच्च अदालत जानुहुने भएको छ ।

जबराको कार्यकाल यही मंसिर २७ गतेसम्म छ । चोलेन्द्रविरुद्ध सत्ता गठबन्धनले २०७८ फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेको थियो । ९८ जना सांसदले उनीविरुद्ध विभिन्न आरोपसहित महाअभियोग दर्ता गराएका थिए ।