Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
झापा चारआलीको जंगलमा श्रीमान–श्रीमती मृत फेला « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

झापा चारआलीको जंगलमा श्रीमान–श्रीमती मृत फेला

चिन्तन खबर

विर्तामोड । झापाको चारआली स्थित जंगलमा एक दम्पत्ति मृत फेला परेका छन् । सोमबार दिउँसो पौने ३ बजे मेचीनगर नगरपालिका–१३ चारआली जंगलमा दुई जनाको शव फेला परेको थियो।

उनीहरू श्रीमान–श्रीमती भएको खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए। मृतक अर्जुनधारा नगरपालिका–११ बस्ने ५२ वर्षीय नेत्रकुमार इङ्नाम लिम्बू र उनकी ४२ वर्षीया श्रीमती सञ्जु लिम्बू छन्। अर्जुनधारामा घर भए पनि उनीहरू अन्तै डेरा गरी बस्थे। प्रहरीका अनुसार मृतक नेत्रकुमारका दाइ खगेन्द्रले उनीहरूको सनाखत गरेका हुन्।

उनीहरू मंसिर २१ गतेपछि परिवारको सम्पर्कमा थिएनन्। प्रहरीले उनीहरूको डेरा पनि फेला पारेको छ। तर उनीहरूको मृत्यु कहिले भएको भन्ने खुलिसकेको छैन। डिएसपी पाठकका अनुसार शव केही गलिसकेको पनि छ। एउटाको डोरी चुँडिएर भुइँमा खसेको अवस्थामा फेला परेको थियो।

स्थानीयले दिउँसो दुई जनाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि इलाका प्रहरी कार्यालय काँकडभित्ताबाट डिएसपी ज्ञानबहादुर महतोको नेतृत्वमा टोली खटिएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले आत्महत्या गरेको देखिएको डिएसपी पाठकले बताए। शव पोष्टमर्टमको लागि धरानस्थित घोपा प्रादेशिक अस्पतालमा पठाइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।