Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

चिन्तन खबर

वीरगञ्ज । बारामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

निजगढ नगरपालिका–१ स्थित सडकमा प्र.२–०३–००९ प ३९४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। आइतबार साँझ उक्त मोटरसाइकल प्र.२–०३–००१ ख ४२२९ ट्रकमा ठोक्किएको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका–३ सिम्रिक बस्ने २६ वर्षीय भुवन पहाडी र २७ वर्षीय रिटबहादुर राईको मृत्यु भएको हो। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। यस्तै, सोही ठाउँका सुशिल माझी घाइते छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैया हुँदै थप उपचारका लागि एलएस न्यूरो अस्पताल वीरगंज पठाइएको छ। त्यसैगरी निजगढ–१ कै धनुषा पुलनजिकै सोमबार दिउँसो साढे १ बजेतिर अर्को दुर्घटना भएको छ।

रोकिराखेको ट्रकमा ठोक्किएर अर्का एक जना मोटरसाइकल चालकको पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। ना ६ ख २२६१ नम्बरको ट्रकमा ना ३४ प ८३३१ नम्बरको बाइक ठोक्किन पुगेको हो।

दुर्घटनामा ज्यान गुमाउने मृतकको पहिचान भइसकेको छैन। उनको शव पोष्टमर्टमको लागि कलैया लग्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।