Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
कतार विश्वकपमा पुरस्कारको वर्षा « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

कतार विश्वकपमा पुरस्कारको वर्षा

चिन्तन खबर

काठमाडौं । फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि उचाल्दा कतार विश्वकपमा पुरस्कारको वर्षा नै भयो । मंसिर ४ गतेबाट कतारमा एक महिनासम्म चलेको भब्य प्रतियोगितामा विश्वको उत्कृष्ट ३२ टिमहरू सहभागी थियो।

विश्वकपमा आयोजकको हैसियतमा डेब्यू गरेको कतार र छनोट भएर आएका ३१ राष्ट्रले विभिन्न ६४ खेल खेलेका थिए। विश्वकपको विजेतासँगै विश्वकपमा सहभागी सबै टिमले नगद पुरस्कार पाएका छन्। विश्वकप विजेता अर्जेन्टिनाले फिफा विश्वकप ट्रफी पाएको छ। जसको मूल्य २० मिलियन अमेरिकन डलर बराबरको भएको बताइएको छ। १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६.८ सेन्टिमिटर अग्लो र ६.१ किलोग्राम तौलको छ।

विश्वकप विजेताले उपाधिसँगै ठूलो मात्रामा नगद रकम पुरस्कारसमेत जितेका छन्। कतार विश्वकपको विजेता अर्जेन्टिनाले अहिलेसम्मकै सबैभन्दा बढी ४२ मिलियन अमेरिकी डलर पाएको छ। जुन चार वर्षअघि रूसमा भएको विश्व विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी रकम हो। यस्तै २०१४ को ब्राजिल विश्वकप भन्दा ७ मिलियनले बढी हो।

यस्तै उपविजेतामा चित्त बुझाएको फ्रान्सले ३० मिलियन अमेरिकी डलर पुरस्कार पाएको छ। पछिल्लो ४० वर्षमा पुरस्कार राशिमा लगातार वृद्धि भइरहेको विश्वकपमा यो वर्ष ४४० मिलियन डलर छुट्टाइएको छ। यो रकम सन् २०१८ को प्रतिस्पर्धाभन्दा ४० मिलियन डलरको वृद्धि हो। सन् २०१४ मा ब्राजिलमा आयोजित सन् २०१४ को विश्व कपमा ३५८ मिलियन डलर पुरस्कार रकम विनियोजन गरिएको थियो।

हेर्नुहोस् कसले कति जिते ?

फाइनलमा पुग्ने टिम

अर्जेन्टिना – ४२ मिलियन अमेरिकी डलर (५ अर्ब ५७ करोड ९६ लाख ३२ हजार ८ सय)
फ्रान्स – ३० मिलियन अमेरिकी डलर .३ अर्ब ९८ करोड ५४ लाख ५२ हजार)

सेमिफाइनलबाट बाहिरिने टिम

क्रोएसिया – २७ मिलियन अमेरिकी डलर (३ अर्ब ५८ करोड ६९ लाख ६ हजार ८ सय)
मोरोक्को – २५ मिलियन अमेरिकी डलर (३ अर्ब ३२ करोड १२ लाख १० हजार)

क्वार्टरफाइनलबाट बाहिरिने टिम

पोर्चुगल – १७ मिलियन अमेरिकी डलर (२ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय)
इङ्ल्याण्ड – १७ मिलियन अमेरिकी डलर (२ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय)
ब्राजिल – १७ मिलियन अमेरिकी डलर (२ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय)
नेदरल्याण्ड – १७ मिलियन अमेरिकी डलर (२ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय)

अन्तिम १६ मा पुग्ने टिम

स्वीटजरल्याण्ड – १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
स्पेन – १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
पोल्याण्ड – १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
सेनेगल – १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
दक्षिण कोरिया – १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
जापान – १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
अष्ट्रेलिया – १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)
अमेरिका – १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय)

समूह चरणबाट बाहिरिने टिम

घाना – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
उरूग्वे – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
सर्विया – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
क्यामरून – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
क्यानडा – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
बेल्जियम – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
कोष्टारिका – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
जर्मनी – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
डेनमार्क – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
ट्यूनिसिया – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
साउदी अरेबिया – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
मेक्सिको – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
वेल्स – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
इरान – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
इक्वेडर – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)
कतार – ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय)