Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
मधेसका मुख्यमन्त्रीलाई सबै सांसद्को विश्वास « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

मधेसका मुख्यमन्त्रीलाई सबै सांसद्को विश्वास

चिन्तन खबर

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई प्रदेश सभामा उपस्थित सबै प्रदेश सांसद्ले विश्वासको मत दिएका छन् ।

बुधबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् । पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय ललका नेता यादवलाई प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको सहित १० वटै दलले उनलाई विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्री यादवले नेकपा (एमाले)का २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा (माओवादी केन्द्र)का ७, नेकपा (एकीकृत समाजवादी)का ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा पाँच जना स्वतन्त्र प्रदेशसभा सदस्यहरु गरी १०२ प्रदेश सांसदको समर्थन पाएका छन् ।

प्रदेशसभामा हाल १०५ सांसद छन् । माओवादीका दुईजना सांसदको शपथ विवादको कारण रोकिएको छ । सभामुखले मत बराबरी भएमात्रै मतदान गर्ने परम्परा रहेकाले मतदान गरेनन् ।