Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
हलेसीको वर्णन अब आधिकारिक गाइडबाट « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

हलेसीको वर्णन अब आधिकारिक गाइडबाट

चिन्तन खबर

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रसिद्ध धार्मिकस्थल हलेसी मन्दिरको महत्व बुझाउन स्थानीय २५ जना युवालाई पर्यटक गाइड तालिम दिएको छ।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसी आउने पर्यटक तथा भक्तजनलाई त्यहाँको आधिकारिक महत्व बुझाउँदै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ नगरपालिकाले आठ दिने तालिम दिएको हो। हलेसी तथा आसपासका धार्मिक एवं पर्यटकीयस्थलको महत्वका बारेमा आ–आफ्नै तवरले वर्णन गरिएकाले आगामी दिनमा आधिकारिक गाइडबाट आधिकारिक महत्व मात्र जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले बताइन्।

“हलेसी, ताराखसे, तुवाचुङ–जयाजुम लगायतका पर्यटकीयस्थललाई आ–आफ्नै धारणाअनुसार वर्णन तथा व्याख्या गर्ने गरेको पाइएको छ”, उनले भनिन्, “यसले गर्दा त्यसको ऐतिहासिकता गुम्दै गएकाले विषय विज्ञलाई झिकाएर पर्यटक गाइड तालिम दिइएको छ। आगामी दिनमा आधिकारिक गाइडबाट मात्रै हलेसीको वर्णन गरिनेछ।”

प्राकृतिक रूपमा समेत प्रसिद्ध हलेसीको हिन्दु, बौद्ध र किराँत तीन वटै धर्मालम्बीको आआफ्नै इतिहास रहेको जानकारहरू बताउँछन्। सोही आधिकारिक जानकारी पर्यटकलाई दिन नगरपालिकाले गाइड राख्ने उद्देश्यले गत पुस २७ गतेदेखि माघ ४ गतेसम्म आठदिने पर्यटक गाइड तालिम दिएको हो।

‘नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेज्मेन्ट’ (एनएटिएच) सँगको सहकार्यमा नगरपालिकाले दिएको तालिमको सहजीकरण एनएटिएचका विभागीय प्रमुख अजयकुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डंगोल, सहप्राध्यापक तथा संस्कृतिविद् डा. लोकनाथ दुलाल, बौद्ध धर्म गुरु पुण्यप्रसाद पराजुली र किराँत मुन्धुम अध्येता भोगीराज चाम्लिङ राईले गरेका थिए।

तालिममा सात महिला र १८ पुरूष गरी २५ जना सहभागी भएका थिए। तालिममा सहभागी युवालाई सूचीकृत गरेर आधिकारिक गाइड राखिने नगरपालिकाले जनाएको छ। उनीहरूको पारिश्रमिकका विषयमा नगर कार्यपालिकाको बैठक बसेर निर्णय गरिने वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीले जानकारी दिए।