काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा एक जना पुरूषले आफैंमाथि आगो लगाएका छन् ।
मंगलबार दिउँसो ३ बजेतिर उनले आफूमाथि आगो लगाएको प्रहरीले जनाएको छ। प्रेम आचार्य नाम गरेका व्यक्तिले आफूमाथि आगो लगाएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले उनलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको बताए । “प्रहरी घटनास्थलमा पुगेर आगो निभाएको भन्ने सुनेको छु। थप उपचारका लागि कीर्तिपुर लगिएको छ”, उनले भने । घटनाबारे थप बुझ्न बाँकी रहेको उनले जनाएका छन् ।
प्रतिक्रिया