काठमाडौं । पाँचथरको फिदिम नगरपालिकामा पनि पाँच दलीय गठबन्धन टुटेको छ । उम्मेद्वारी मनोनयनको आज पहिलो दिन नै नेपाली नेपाली कांग्रेसले नगरपालिकाम गठबन्धन गर्न नसकिने जनाएको छ ।
नगर सभापति प्रकास गुरुङले आज एक विज्ञप्ती जारी गर्दै गठबन्धमा सहमति नजिक पुग्न नसकिएको भन्दै गठबन्ध नहुने उल्लेख गर्नुभएको छ ।
विज्ञप्तीमा भनिएको छ – विभिन्न चरणमा भएको बैठक र छलफल गर्दा सहमति नजिक पुग्न नसकिएको र १४ वटै वडामा नेता कार्यकर्ताको राय बुझ्दा गठबन्धनको पक्षमा चरम असन्तुष्टी भएकोले र प्रमुख, उपप्रमुख वडा अध्यक्ष र वडा सदस्य पदहरुमा पाँच दलिय गठबन्धन गर्न आवश्यक नरहेको र सहमति पनि हुन नसकेकोले गठबन्धन विनानै मैत्रीपुर्ण प्रतिस्पर्धा गरिने छ ।’
प्रतिक्रिया