बिराटनगर । प्रहरीले झापा र मोरङका छुट्टाछुट्टै स्थानबाट भन्सार छलेर नेपाल भित्र्याइदै गरेका अवैध सामानहरु बरामद गरेको छ ।
सीमावर्ती इलाकाहरुमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छलेर चोरी पैठारी गरी अबैध रुपमा नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारको खाधान्नका सामग्री, मोटरपार्स, जुत्ता चप्पल, लत्ताकपडा तथा माछा लगायतका सामानहरु बरामद गरेको हो ।
बरामद गरिएका करीब ४ लाख २७ हजार मूल्यका सामानहरु आवश्यक कारवाहीको लागि सम्वन्धित भन्सार कार्यालयमा बुझाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया