काठमाडौं । आफ्नो प्रस्तुतिअघि धनकुटा महोत्सवको साङ्गीतिक कार्यक्रममा भएको भागदौडमा गम्भीर घाइते भएका ६ वर्षीय बालक अभियान लिम्बूलाई गायक प्रमोद खरेलले अस्तपालमै पुगेर भेटेका छन् ।
विराटनगरको गोल्डेन अस्पतालको आइसियूमा उपचाररत ६ वर्षीय लिम्बूलाई खरेलले हिँजो भेट गरेका हुन् । भेटपछि घटनालाई ‘अप्रिय’ भन्दै खरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेका छन् ।
गायक खरेलले बालक लिम्बूको टाउकोमा लागेको चोट सल्यक्रियामार्फत सुधार भएको पाएको वताएका छन् । भेटघाटका क्रममा उनले बालककी आमा, फुपू लगायत आफन्तजनतसँग कुराकानी गरेका थिए ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, “बुवा विदेश… आमाको मन न हो धेरै चिन्तित भएको पाँए । ‘स–परिवार तपाइको कार्यक्रम हेर्न आएका थियौं” भन्दा झन भावुक बनायो ।”
गायक खरेलले बालकको शीघ्र उपचारको कामना गर्दै उपचार प्रक्रियामा निरन्तर सम्पर्कमा रहने बताएका छन् । उनले भागदौडमा घाइते सबैको स्वास्थ्यलाभको कामना गरेका छन् । उनले महोत्सवमा सांगीतिक प्रस्तुति दिएवापत प्राप्त हुने रकम विरामीहरुको उपचारमा खर्चने वताएका छन् ।
प्रतिक्रिया