Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
अब भाडाका गाडी सिंहदरबार प्रवेश गर्न पाउने « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

अब भाडाका गाडी सिंहदरबार प्रवेश गर्न पाउने

चिन्तन खबर

काठमाडौं । सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाएको छ।

अपांग र अशक्त नागरिकलाई सहज रूपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए। यसअघि सरकारी, निजी, कूटनीतिक र पर्यटक सवारी साधन निर्वाध रूपमा सिंहदरबारमा प्रवेश पाउँदै आएका छन्।

सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै भाडाका गाडीलाई सिंहदरबार प्रवेशमा रोक लगाउँदै आएको छ। “गृह मन्त्रालयसँग समन्वय गरेर भोलिदेखि अपांग र अशक्त नागरिकलाई सहज रूपमा सिंहदरबार प्रवेश गर्न सहजीकरण गर्ने उद्देश्यले सो व्यवस्था गरिएको हो”, मन्त्री अर्यालले भने।

अपांग र अशक्त नागरिकलाई राज्यले उपलब्ध गराएको परिचयपत्रका आधारमा सुरक्षाकर्मीले उनीहरू सवार भाडाका गाडीलाई सहज रूपमा सिंहदरबार प्रवेश गराउने उनले बताए।