Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
डिआइजी द्ववालीद्वारा जिप्रका पाँचथरको निरीक्षण « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

डिआइजी द्ववालीद्वारा जिप्रका पाँचथरको निरीक्षण

चिन्तन खबर

पाँचथर । प्रदेश नं. १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) श्यामलाल ज्ञवालीले आज जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण भ्रमण गर्नुभएको छ ।

भ्रमणका क्रममा डिआइजी ज्ञवालीले जिप्रका पाँचथरका सबै शाखाहरुको निरीक्षण गरी शाखाहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनका क्रममा डिआइजी ज्ञवालीले धार्मिक पर्यटकीय क्षेत्रहरु रहेको पहाडी जिल्ला पाँचथरमा शान्ति सुरक्षा कायम राख्न निरन्तर लामो तथा छोटो गस्तीहरु खटाउन निर्देशन दिनुभएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अपराधिक गतिविधि, चोरी तस्करीका घटना लगायत घटनाहरुलाई नियन्त्रण गरी नागरिकहरुलाई शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउने कार्यमा निरन्तर लाग्न उहाँले निर्देशन दिनुभयो । यस्तै पाँचथरमा लामो समयदेखि प्रहरीले सञ्चालन गर्दै आएको जनचेतनामूलक कार्यक्रमको डिआइजी ज्ञवालीले प्रसंशा गर्दै सो कार्यलाई निरन्तरता दिन निर्देशन दिनुभएको छ ।

सचेतनामूलक कार्यमा आमनागरिकलाई समेट्न तथा सेवाग्राहीलाई समान ब्यवहार गर्न समेत उहाँले निर्देशन दिनुभएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यस क्रममा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हरी खतिवडाले पाँचथर जिल्लाको वस्तुस्थितिबारे जानकारी गराउनु भएको थियो ।