सुर्खेत । सुर्खेतको भेरी नगरपालिका ६ श्रीमान्को हत्या आरोपमा आमा छोरा पक्राउ परेका छन् ।
२०७४ पुस ३० गते सिस्नेकी भद्रकला कामीले छोरासँग मिलेर ४७ वर्षीया काले कामीको हत्या गरेको पाँच वर्षपछि घटना सार्वजनिक भएको छ ।
काले कामीको शव शौचालयमा पुरिएको अवस्थामा भेट्टाएको जाजरकोटका डीएसपी सन्तोष निरौलाले जानकारी दिनुभयो । उनकाअनुसार शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा मंगलबार जाजरकोट प्रहरीले घटनास्थलमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर शौचालयको खाडल उत्खनन् गर्दा शव भेटिएको थियो ।
प्लाष्टिकको डोरीले बाँधेको अवस्थामा भेटिएको पाइन्ट र ज्याकेटसहितको शवको अस्थिपञ्जरमात्र फेला परेको प्रहरीले बताएको छ । भद्रकला र उनका छोरा तुल्सीराम विकलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।
प्रतिक्रिया