काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एक यात्रुलाई विमानस्थल भन्सारले नियन्त्रणमा लिएको छ।
दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएराती १२ः१० बजे काठमाडौं उत्रेका यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका यात्रु क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षिय मोहमद कमल महगौब छन्।
महगौब पहिलो पटक नेपाल आएका व्यक्ति हुन्। उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया