ताप्लेजुङ । बाख्रा चराउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीस्थित सिमलबोटेका ३९ वर्षीया सुखमाया श्रेष्ठको करेन्ट लागेर मृतयु भएको प्रहरीले जनाएको छ ।
बिहीबार अपराह्न बाख्रा चराउन गएकी श्रेष्ठ घर नफर्किएपछि आज बिहान खोजी गर्ने क्रममा मृत अबस्थामा फेला परेको स्थानीयले बताएका छन् ।
अब्यबस्थित ढङगले जमिनको भाग छुने गरी रहेको बिजुलीको नाङगो तारबाट करेन्ट लागेर श्रेष्ठको ज्यान गएको बुझिएको छ ।
कानुनी प्रक्रिया पुरा गर्नका लागि जिल्ला प्रहरी कार्यलय ताप्लेजुङबाट प्रहरी निरीक्षक कुशराम कार्कीको टोलि खटिएको प्रहरी जनाएको छ ।
प्रतिक्रिया