काठमाडौं । विहीबार नयाँ रेकर्ड कायम राखेको सुनको मूल्य आज भने १४ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्दै १ लाख ६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य पनि तोलामा १४ सय रुपैयाँले घट्दै १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्ले जनाएको छ।
चाँदीको मूल्य भने बिहिबारको तुलनामा ३० रुपैयाँले घट्दै आज प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया