Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
के हो मानसिक समस्या ? लक्षण र समाधानका उपायहरु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

के हो मानसिक समस्या ? लक्षण र समाधानका उपायहरु

चिन्तन खबर

एजेन्सी । विश्वमा नै मानसिक समस्यालाई अझै हेयको दृष्ट्रिकोणले हेरिन्छ । जसको कारण मानसिक रोग लागेकाहरु खुलेर आफ्ना समस्याहरुबारे भन्न डराउने गरेको छन् । चिकित्सक र मनोविद्को परामर्श र आवश्यक्ता अनुसारको औषधिले मानसिक समस्या समाधान गर्न सकिन्छ ।

तर अझै पनि हाम्रो समाजमा मानसिक समस्याको बारेमा नकारात्मक धारणा रहेको छ, जसको कारण पनि रोग पहिचान हुँदा पनि त्यसबारे खुल्न सक्ने कमै मात्र हुन्छन् । कुनै नराम्रो घटना, विगतको भोगाइ, पारिवारिक परिवेश लगायत विषय नै मानसिक रोगको कारण बनिदिन्छ ।

लक्षणहरु

मनमा उदासीपना

मनमा सधैँ उदासीपन भएमा मानसिक रोगको लक्षण भएको बुझ्नुपर्दछ । उदासीपनले मानिसको मनमा नकारात्मक असर पार्छ । जसको कारण दैनिकीमा समेत असर पर्छ । बेलैमा त्यसको पहिचान गरि उपचार गर्न नसकेमा त्यसले पछि गम्भीर रुप लिन्छ ।

बिर्सिने बानी

कुनै कुरा सम्झिन सक्ने क्षमतामा निरन्तर ह्रास आएमा त्यो पनि मानसिक रोगको लक्षण हो । अत्याधिक चिन्ता, मनमा बेचैनी लगायतले मानिसमा ध्यान केन्द्रीत गर्न कठिनाइ पर्दछ, त्यो नै पछि गएर मानसिक रोगको रुपमा देखापर्दछ ।

मन आत्तिनु, ढुकढुक हुनु

कुनै नराम्रो कुरा वा परिस्थितीमा मन आत्तिनुलाई स्वभाविक मानिन्छ । तर बिना कारण मन आत्तिने समस्या भइरहेमा त्यसले पछि गएर मानसिक रोगको कारण बन्छ । निरन्तर मन आत्तिने समस्याले बिस्तारै आत्मबल घट्दै जाने, मनमा शंकाहरु बढ्दै जाने गर्दछ । त्यसलाई समयमै समाधानको बाटो खोज्न सकिएमा मानसिक रोगको बाटोमा जानु अगाबै समाधान गर्न सकिन्छ ।

चिडचिडाहट हुनु

हरेक समय छटपट भइरहेमा त्यसले मानसिक समस्या निम्त्याउँछ । परिस्थिती सामान्य भए पनि व्यक्तिलाई उक्त परिस्थिती असामान्य लाग्न थालेमा त्यसले विस्तारै मानसिक समस्याको बाटोमा ल्याउँछ । यदी मनमा चिडचिडावटपन धेरै भएमा त्यसले निरन्तर खुसीहरु हराउँदै जान्छ र मनमा विभिन्न नकारात्मक धारणा पैदा भइ मानसिक रोग लाग्छ सक्छ ।

शंका लाग्नु र तुलनामा गर्ने बानी हुनु

मानसिक समस्याको मुख्य कारण भनेको हरेक कुरामा शंका लाग्नु हो । यदी मनमा धेरै मात्रामा शंका पैदा भएमा त्यसले मानसिक रोगको रुप लिन्छ । शंकाले लंका जलाउँछ भनेझै साना साना कुरामा शंका लागेमा घरपरिवार, साथीभाइ र समाजसँगको सम्बन्ध बिग्रँदै जान्छ जसले गर्दा उ आफू एक्लिएको महसुस गर्दछ । त्यस्तै हरेक कुरामा तुलना गर्ने बानी पनि मानसिक रोगको कारण बन्दछ । अलिअलि शंकाले मानिसलाई प्रतिष्पर्धी बन्न सहयोग पुर्याउँछ तर हरेक कुरामा शंका गर्ने बानीले मानिसमा अस्वस्थ प्रतिष्पर्धाको रुप लिन्छ जसले मानसिक रोग निम्त्याउँछ ।

मानसिक रोगका लक्षण हरु यी माथि उल्लेख गरिएका र त्यो भन्दा धेरै हुन्छन् । यदी यी लक्षण हरू लगातार दुई हप्ता वा बढी लगातार वा दिनहुँ रहेमा मानसिक रोग लाग्दछ ।

समाधानका उपाय

मानसिक रोग समाधान गर्न सकिने रोग हो । यसलाई रोग भनिए पनि वास्तवमा रोग नभएर मनमा आएको एउटा विचलन मात्रै रहेको मनोचिकित्सकहरु बताउँछन् । चिकित्सकको सल्लाहमा औषधि सेवन र परामर्शले निको बनाउन सकिन्छ ।

समयले भ्याएसम्म योग, ध्यान, व्यायाम र सत्संग गर्नुपर्छ
मनमा कुरा नखेलाउने
एक्लै नबस्ने, साथीभाइ र परिवारसँग रमाउने कोसिस गर्ने
आहारविहार प्राकृतिक तथा सात्विक बनाउने
विगतका कर्मबाट पश्चात्ताप हुन्छ भने त्यसबाट टाढा रहेर वर्तमानमा सुधार गर्ने, औषधीबाट हुने
नकारात्मक प्रभावबाट सुरक्षित रहनेजस्ता विकल्प खोज्नुपर्छ
सकारात्मक ऊर्जा दिन सफलता, खुशी, शान्तिजस्ता कुराको कल्पना गर्नुपर्छ
आफन्त, घरपरिवार र साथीभाइलाई सम्मान, प्रोत्साहन गर्ने बानी बसाल्नुपर्छ
प्राकृतिक एवं आध्यामिक जीवनलाई सन्तुलित बनाउन ध्यान
योग, गीतसंगीतमा मग्न हुने
जीवनमा कुनै कुराप्रति वितृष्णा छ भने त्यसबाट टाढा रहने