जुम्ला । जुम्लामा गएराति एक घरमा आगलागी हुँदा १४ वर्षिय बालिकाको मृतयु भएको छ । आगलागीमा परि चन्दनाथ नगरपालिका वडानम्बर १ ठिन्के निवासी लोकबहादुर भण्डारीको १४ वर्षीया छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट तीन कोठे घर पूर्णरुपमा क्षति भएको छ ।
प्रहरीका अनुसार तीन तले घरमा भण्डारीकी सासू, श्रीमतीसहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरु घर बाहिर निस्कन सफल भएको तर ती बालिका तेस्रो तलमा भएका कारण निस्कन नपाई जलेकी थिइन् ।
घरको दोस्रो तलाबाट आगलागी भएको प्रहरी जनाएको छ । ढुंगा र काठले बनेको उक्त घर टिन छाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया