काठमाडौं । १६ वर्षिया किशोरीलाई जबरजस्ती करणि गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका–७ शितलनगर बस्ने ३६ वर्षीय मोहन गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
गुरूङले ती किशोरीलाई गत शुक्रबार राति देवदह नगरपालिका(७ ढेकारस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया