Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
भान्सा घरमा ट्रयाक्टर खस्दा बृद्धाको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

भान्सा घरमा ट्रयाक्टर खस्दा बृद्धाको मृत्यु

चिन्तन खबर

तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ मा ट्रयाक्टर दुर्घटना हुँदा एक जना बृद्धाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा म्याङलुङ–६ कि ७६ बर्षीया हर्कमती लिम्बू रहेकी छन् । विहीवार राती साढे ८ बजे तेह्रथुमको बसन्तपुरबाट खाना पकाउने ग्याँस सिलिण्डर बोकी सदरमुकामतर्फ जाँदै गरेको को. १ त ५५३८ नम्वरको ट्रयाक्टरले पैदलयात्री स्थानीय ६२ बर्षीय दलबहादुर लिम्बूलाई ठक्कर दिएको थियो ।

त्यसपछि अनियन्त्रित भई सडक मुखि खसेको ट्रयाक्टर बिशाल लिम्बूको भान्साघर माथि पल्टेको थियो । भान्सा घरमा आगो ताप्दै गरेकाहरुलाई ट्याक्टरले हर्कमती घाइते भएकी थिइन् ।

ट्रयाक्टरले ठक्कर दिएका दलबहादुर र हर्कमतीलाई उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम लगिएकामा उपचारका क्रममा हर्कमतीको मृत्यु भएको हो । अर्का घाइते दलबहादुरलाई थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

प्रहरीले ट्रयाक्टर चालक म्याङलुङ नगरपालिका–१ का देशबहादुर लिम्बूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट घटनाका सम्वन्धमा थप अनुसन्धान र कारबाही अघि बढेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।