Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
ब्राउन सुगर सहित ३ जना पक्राउ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

ब्राउन सुगर सहित ३ जना पक्राउ

चिन्तन खबर

विराटनगर । प्रहरीले झापा र मोरङका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो बिराटनगर महानगरपालिका–१५ मा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इटहरी उपमहानगरपालिका–३ सुनसरीका ३३ बर्षीय दिपेश राईलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम १५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

यस्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा झापाको मेचीनगर नगरपालिका–६ मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर–६ का ३३ बर्षीय शिव श्रेष्ठ र ३३ बर्षीय बिजय तिवारीको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको छ । ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको ।