Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
करेन्ट लागेर २ जनाको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

करेन्ट लागेर २ जनाको मृत्यु

चिन्तन खबर

काठमाडौँ । सिन्धुपाल्चोक र दार्चुलामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ बगरखोलास्थि गुम्बा गाउँमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको करेन्ट लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाको गुलरिया नगरपालिका ८ घर भएका सरोज थारु रहेका छन् । गुम्बा गाउँनजिकै ११ हजार भोल्टेजको हाइटेशन लाइन बनाउने क्रममा शनिबार साँझ उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाई छ ।

त्यस्तै दार्चुलामाको मार्मा गाउँपालिका–३ नलबगडमा कैलाली लम्किचुहा नगरपालिका–३ कर्णाली चिसापानी बस्ने २३ वर्षीय लिला थापाको करेन्ट लागेर मृत्यु भएको हो । थापा से १ क ११३० नम्बरको टिपरका चालक हुन् । टिपरले सडकमा माटो फाल्ने क्रममा डालाको भाग विद्युतको तारमा छुन जाँदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका टिपरका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।