Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरमा प्रमुख दलले आज मात्रै उम्मेद्वारको मनोनयन दर्ता गर्दै « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरमा प्रमुख दलले आज मात्रै उम्मेद्वारको मनोनयन दर्ता गर्दै

चिन्तन खबर

फिदिम । स्थानीय तहको निर्वाचनका लागि पाँचथरका मुख्य राजनीतिक दलहरुले आज मात्रै उम्मेद्वारको मनोनयन दर्ता गर्दैछन् ।

मुख्य दलहरुवीच चुनावी तालमेल तथा उम्मेद्वारको छनौट नटुङ्गिदा उम्मेद्वारी दर्ता आज मात्रै हुन लागेको हो । प्रमुख दल नेकपा (एमाले)ले हालसम्म स्थानीय तहका उम्मेद्वार सार्वजनिक गरेको छैन् । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलहरुसँग चुनावी तालमेलका सम्भावनाहरु कायम रहँदा एमालेले आज मात्रै उम्मेद्वार टुङ्ग्याउन लागेको हो ।

एमालेले फिदिम नगरपालिका प्रमुखमा पार्टी जिल्ला कमिटीका उपसचिव पृथ्वी लावतीलाई अघि सारेको छ । एमालेले जिल्लाको हिलिहाङ र फाल्गुनन्दका अध्यक्षहरुलाई दोहो¥याउने सम्भावना छ ।

सत्तारुढ गठबन्धनका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले भागबण्डा टुङ्ग्याएका छन् । एकीकृत समाजवादी बाहेकका दुई दलले उम्मेद्वार समेत टुङ्गो लगाइसकेका छन् । फिदिम नगरपालिकाको प्रमुखमा यो गठबन्धनले काँग्रेसका मित्रप्रसाद काफ्लेलाई प्रमुख र माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेलाई उपप्रमुखको उम्मेद्वार बनाएको छ ।

चुनावी तालमेल र गठबन्धनका प्रयासका कारण जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा (माले) लगायत दलले समेत हिँजो मनोनयन दर्ता गराएनन् । हिँजोबाट सुरु भएको उम्मेद्वारी दर्ता आज अपरान्ह ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हिँजो पहिलो दिन पाँचथरमा विभिन्न पदमा ४५ जनाले मनोनयन दर्ता गराएका छन् । फालेलुङ गाउँपालिकामा १८ जना, फिदिम नगरपालिकामा २१ जना, मिक्लाजुङ, हिलिहाङ र फाल्गुनन्द गाउँपालिकामा एक/एक जनाले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । फिदिम नगरपालिकामा राष्ट्रिय जनमुक्ति पार्टी र मंगोल नेशनल अर्गनाइजेसनले नगर प्रमुख सहितका पदमा उम्मेद्वारी दर्ता गराएका छन् । फिदिममा एक जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् भने बाँकी विभिन्न दलहरुबाट छन् ।

आठ वटा स्थानीय तह रहेको पाँचथरमा नेकपा (एमाले) र सत्तारुढ गठबन्धनवीच प्रतिस्पर्धा हुँदैछ । गठबन्धनमा देखिएको समस्याको फाइदा उठाउने दाउमा एमाले देखिन्छ । एमालेले रणनीतिक रुपमा उम्मेद्वार छानेको छ । गठबन्धन भने आवद्ध दलहरुको शक्तिलाई मतमा परिणत गर्ने ध्याउन्नमा छ ।

पाँचथरमा १ लाख ४० हजार २२४ जना मतदाता छन् । उनीहरुले १०१ स्थलमा रहेका १७६ मतदान केन्द्रबाट मतदान गर्ने छन् ।