Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
ब्राउन सुगर र नियन्त्रित औषधी सहित ५ जना पक्राउ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

ब्राउन सुगर र नियन्त्रित औषधी सहित ५ जना पक्राउ

चिन्तन खबर

विराटनगर । झापा र मोरङका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिँजो इलाका प्रहरी कार्यालय बिराटचोक मोरङबाट खटिएको प्रहरीको गस्ती टोलीले इलाम घर भई मोरङको सुन्दरहरैचा–१० त्रिबेणीचोकमा डेरा गरी बस्दै आएका २४ बर्षीय सुष्मिता लिम्बूलाई शंकास्पद अवस्थामा फेला पारी उनको कोठामा चेकजाँच गर्दा उक्त कोठाबाट लुकाई छिपाई राखेको स्पासपेन ८५ वटा र ट्रमाडोल ८५ वटा ट्याबलेट गरी १७० वटा नियन्त्रित औषधी बरामद गरेको थियो । प्रहरीले लिम्बूसँगै कोठामा बस्दै आएका झापा पेल्टिमारीका २१ बर्षीय सुजल तामाङ र मोरङ सुन्दरहरैचाका २३ बर्षीय प्रेम खड्का समेतलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यसैगरी झापाको मेचीनगर नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१० धुलाबारीका २४ बर्षीय खातिबुल महमदलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यस्तै इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाँउपालिका–१ बाट २२ बर्षीय समिर भनिने देवेन्द्र चौधरीलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।