Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
ब्राउन सुगर सहित ५ जना पक्राउ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

ब्राउन सुगर सहित ५ जना पक्राउ

चिन्तन खबर

विराटनगर । झापा र सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो दिनको ३ बजे सुनसरीको दुहबी नगरपालिका–५ फुटबलचोकमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बिराटनगरबाट इटहरीतर्फ जाँदै गरेको मे ११ प ६१७८ नम्बरको स्कुटीलाई रोकेर चेकजाँच गर्दा गर्दा ८.७ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

ब्राउनसुगर फेला परेपछि प्रहरीले स्कुटी चालक झापाको कमल गाँउपालिका–८ का २७ बर्षीय अर्जुन सुब्बा र पछाडी सवार झापा शिवसताक्षी नगरपालिका–८ का २१ बर्षीय मुकेश चौधरीको पक्राउ गरेको हो ।

त्यसैगरी झापाको बिर्तामोड नगरपालिका–२ का २० बर्षीय विश्वास संग्रौलाले कोठाबाट लागूऔषध बेचबिखान गरेको भन्ने विशेष सूचना पाएपछि लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा बिर्तामोड नगरपालिका–४ का २० बर्षीय अभिषेक शर्मा र बिर्तामोड नगरपालिका–८ की २० बर्षीया अनिशा मण्डलको साथबाट ८ ग्राम ब्राउन सुगर, रु. ११ हजार ६ सय नगद, २ थान मोबाइल फोन र १ थान डिजिटल तराजुसहित पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनामाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।