Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

चिन्तन खबर

काठमाडौं । देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१२ कपन फैकाचोक डेरा गरी बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका–४ घर भएका ५० वर्षीय राजेन्द्र राम चमार आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ गोपाल धर्मशाला बस्ने ५० वर्षीय शंकर राउत सोही ठाउँमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी धनुषाकै गणेशमान चारनाथ नगरपालिका–६ गोदार दुर्गा मन्दिरस्थित फुलवारीमा सोही ठाउँ बस्ने ५० वर्षीय विन्देश्वर यादव बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

लमजुङको बेसिसहर नगरपालिका–९ मझुवा खोलामा बर्दिया ज्वालामुखी गाउँपालिका–६ स्यालबास घर भई बेशिसहर नगरपालिका–८ डेरा गरी बस्ने ३४ वर्षीय गोपबहादुर बिक बिहीबार मृत अवस्थामा फेला परेका छन् । गत सोमबारदेखि घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा ऊक्त खोलामा शव फेला परेको हो ।

यसैगरी नुवाकोटको उत्तरगया गाउँपालिका–५ बस्ने आईतराम तामाङकी छोरी १७ वर्षीया अस्मिता तामाङ बिदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशुली खोलामा बिहीबार मृत अवस्थामा फेल परेकी छिन् । गत सोमबारदेखि घरबाट हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो ।

मृत फेला परेका घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।