Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
ब्राउन सुगर र नियन्त्रित औषधि सहित ४ जना पक्राउ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

ब्राउन सुगर र नियन्त्रित औषधि सहित ४ जना पक्राउ

चिन्तन खबर

बिराटनगर । प्रहरीले झापा, मोरङ र सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र नियन्त्रित औषधि सहित चार जनालाई पक्राउ गरेको छ ।

हिजो बिहान झापाको प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचका क्रममा प्रदेश १–०१–०१३ प १९७३ नम्वरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेकी चुलाचुली गाउँपालिका–१ इलामकी ३४ बर्षीया मञ्जु चापागाईको साथबाट १६ ग्राम ८ सय मिलि ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

यसैगरी इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले खोटाङको बाक्सिला घर भई धरान उपमहानगरपालिका–१५ मा डेरा गरी बस्दै आएका ४० बर्षीय जीवन राई र धरान–१५ का २६ बर्षीय रुकमान मगरलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यस्तै मोरङको कानेपोखरी गाउँपालिका–४ का १९ बर्षीय सञ्जय दर्जीलाई नियन्त्रित औषधि स्पासपेन ९९ चक्की र ट्रामाड्रोल १०४ चक्की सहित प्रहरी चौकी रमाइलो मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।