पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साढे तीन करोडको लगानीमा बिर्तामोडमा मेटल उद्योग स्थापना

चिन्तन खबर

बिर्तामोड । मुलुकमा देखिएको चरम आर्थिक मन्दीका बीचमा पनि उद्यमशीलताको विकास गर्ने उद्देश्यले झापाका दुई युवाले मेटल इन्डष्ट्री सञ्चालन गर्दै एक सय जना युवालाई रोजगारी दिने तयारी गरेका छन् ।

बिर्तामोड नगरपालिका–१ मा नमस्ते मेटल एण्ड इन्जिनियरिङ वक्र्स कम्पनी प्रा.लि. सञ्चालन गर्दै एक सय युवालाई रोजगारी दिने तयारी थालिएको हो । बाह्रदशी गाउँपालिका–३ का नवीन भण्डारी र गौरादह नगरपालिका निवासी चेतनाथ निरौलाले मेटल इन्डष्ट्री सञ्चालनमा ल्याउनु भएको हो ।

झण्डै साढे तीन करोड रुपैयाँ लगानी गर्दै सञ्चालनमा ल्याइएको मेटल इन्डष्ट्रीमा शुरुआती चरणमा २० जना युवालाई रोगजारी प्रदान गरिएको र इन्डष्ट्री पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी थालिएको सञ्चालक भण्डारीले बताउनुभयो । मेटल इन्डष्ट्री पूर्ण रुपमा सञ्चालनमा आएसगै एक सय जना युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरिने भण्डारीले बताउनुभयो ।

व्यवस्थापकीय तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव बटुल्नु भएका भण्डारी प्राध्यापन पेशामा सम्लग्न हुनुहुन्छ । विगत ११ वर्षदेखि प्राध्यापन पेशा अङ्गाल्नु भएका उहाँ नमस्ते मेटल एण्ड इन्जिनियरिङ वक्र्स कम्पनी प्रा.लि.को प्रवन्ध निर्देशकको भूमिकामा रहनु भएको छ ।

मेटल इन्डष्ट्रीमा १८ वर्षको अनुभव बटुल्नु भएका अर्का सञ्चालक चेतनाथ निरौला इन्जिनियर हुनुहुन्छ । उहाँले कम्पनीको उत्पादन र बजारीकरण गर्ने जिम्वेवारी सम्हाल्दै इन्डष्ट्री सञ्चालनमा ल्याउनु भएको हो । नेपालमा चलेका बीग मार्ट, गार्डेन मार्ट, सुपर मार्केट र हाइपरमार्केट, स्कूल तथा कलेजका आधुनिक मोडलमा डेक्स बेञ्च समेत उत्पादन गराउने उद्देश्यले मेटल इन्डष्ट्री सञ्चालनमा ल्याइएको निरौलाको भनाई छ ।

इन्डष्ट्रीले डिपाटमेन्ट स्टोरका ¥याक, हस्पिटल बेड तथा इक्वीपमेन्ट, मेटल चेयर, लकर, मेटल प्यालेट, फलामको फर्निचरका डाई लगायतका सामग्री उत्पादन गर्ने छ । त्यस्तै इलेक्ट्रोस्टाटिक पाउडर कोटिङ, सीएण्डसी प्लाज्मा कटिङ सर्भिस, स्पट वेल्डिङ, मेटलसिट कटिङ बेण्डिङ सेवा समेत उपलब्ध गराइने बताइएको छ ।

मेटल इन्डष्ट्री प्रदेश कै पहिलो भएको र यसले गुणस्तरीय सेवा प्रवाह गर्न कुनै कसर बाँकी नराख्ने इन्डष्ट्री सञ्चालक भण्डारीले बताउनुभयो । फलामको उपयोगिता सम्वन्धि नेपाली समाजमा रहेको धारणालाई थप व्यापक बनाउन यो उद्योगले भूमिका निर्वाह गर्ने भण्डारीको भनाई छ ।

नेपालमा यस खाले इन्डष्ट्री सिमित संख्यामा रहेको र प्रदेश १ मा एउटा पनि इन्डष्ट्री नभएका कारण आफूहरुले पूर्वको बजारलाई विश्लेषण गर्दै युवालाई समेत रोजगारी दिने उद्देश्यले इन्डष्ट्रीमा लगानी गरेको भण्डारीले बताउनुभयो । आर्थिक मन्दीका बीचपनि चलेका बीग मार्ट, गार्डेन मार्ट, सहकारी पसल, सुपर मार्केट, हाइपर मार्केटले यस खाले सामग्री भारत सहित चीनबाट आयात गर्ने गरेको र त्यसलाई रोक्न उद्योगले भूमिका निर्वाह गर्ने बताइन्छ ।

आफ्नै ठाउँमा उद्योग सञ्चालन गर्दा स्थानीयले रोगजारी समेत पाउने र साम्रग्री खरिदका लागि विदेशिने मुद्रा नेपालमा नै सञ्चित हुने भण्डारीको भनाई छ । नेपालमा यस खले सामग्रीको माग उच्च रहेपनि उद्योग नहुँदा भरत र चीनको भर पर्नु परेको तर गुणस्तरीय सामग्रीको आपूर्ति समेत न्यून हुने गरेको भण्डारीको भनाई छ ।

उद्योगले उत्पादन गर्ने अधिकांश साम्रग्री फलमका हुने र लामो समय टिक्ने भएकाले उपभोक्ताको मन छोटो समयमा जित्न सकिने भण्डारीले बताउनुभयो । उद्योगले उत्पादन गरेका सबै सामग्री वहु उपयोगी हुने र आवश्यकता अनुसारका डिजाइन दिइने भएकाले सबै प्रकारका व्यवसाय तथा घरायसी रुपमा बढी प्रभावकारी हुने विश्वास लिइएको छ । मेटल इन्डष्ट्रीको बजार नेपाल भर रहेको र सम्भाव्यता अध्ययन गरेर आफ्नै ठाउँमा कम्पनी स्थापना गरेको कम्पनीका सञ्चालक भण्डारीको भनाई छ ।

सम्पनीले उत्पादन गर्ने सामग्रीः डिपाटमेन्ट स्टोरका ¥याक, हस्पिटल बेड तथा इक्वीपमेन्ट, मेटल चेयर, लकर, मेटल प्यालेट, फलामको फर्नचरका डाई आदि ।

कम्पनीबाट प्रदान गरिने सेवाः इलेक्ट्रोस्टाटिक पाउडर कोटिङ, सीएण्डसी प्लाज्मा कटिङ सर्भिस, स्पट वेल्डिङ, मेटलसिट कटिङ बेण्डिङ, स्कूलका डेक्स बेञ्च आदि ।

कम्पनीमा प्रयोग गरिने उपकरणः अत्याधुनिक सियरिङ मेसिन, बेण्डिङ मेसिन, विभिन्न पावरक पावर प्रेस, स्पटबेल्डिङ, सिएमसी प्लाज्मा कटर, इलेक्ट्रोस्टाटिक पाउडर प्लान्ट, डिजिटल लेथ आदि ।