मोरङ । मोरङको बिराटनगर महानगरपालिका–६ बाट हुण्डी कारोवारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिराटनगर–१५ का ३१ बर्षीय धर्मानन्द साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हुण्डी कारोवारमा संलग्न रहेका साहलाई नगद ४ लाख ७५ हजार रुपैयाँ, बिभिन्न बैंकहरुको चेक, एटीएम कार्ड, भौचर तथा को २९ प ९७३९ नम्वरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।
विहीवार पक्राउ परेका शाहलाई मोरङ जिल्ला अदालतबाट हुण्डी सम्बन्धि कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया