Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा

चिन्तन खबर

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा डकवर्थ लुईस नियमअनुसार युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ।

नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेथडमा हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो। उक्त मेथडअनुसार नेपालले युएईलाई ९ रनले पराजित गरेको हो।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो ।

यो जितसँगै आईसीसी विश्वकप लीग–२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले कीर्तिमानी लक्ष्य पाएको थियो ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा ३१० रन जोडेको थियो ।