फिदिम । कुम्मायक गाउँपालिकाको यासोकमा जारी चौथो कुम्मायक गोल्डकप फुटवल प्रतियोगितामा मिक्लाजुङ गाउँपालिका र हिलिहाङ गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको दोस्रो दिन आइतवारको पहिलो खेलमा फिदिम नगरपालिकालाई ४–१ अन्तरले पराजित गर्दै मिक्लाजङ गाउँपालिकाले सेमिफाइनलमा प्रवेश गर्यो । पृथ्वी मा.वि.को खेलमैदानमा जारी प्रतियोगितामा फिदिममाथि सहज जित हाँसिल गर्दै मिक्लाजुङ सेमिफाइनलमा पुगेको हो ।
आइतवारकै दोस्रो खेलमा हिलिहाङ गाउँपालिकालाई ४–२ गोलअन्तरले पाखा लगाउँदै फाल्गुनन्द गाउँपालिका सेमिफाइनमा पुगेको छ ।
पहिलो खेलको म्यान अफ दी म्याच मिक्लाजुङका बिजय तामाङ र दोश्रो खेलको म्यान अफ दी म्याच फाल्गुनन्दका रितिक आङ्देम्बे घोषित भए। दुवै म्यान अफ दी म्याच खेलाडीलाई कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगिताको तेश्रो दिन चैत १३ गते सोमवार याङवरक गाउँपालिका र तुम्बेवा गाउँपालिका र कुम्मायक गाउँपालिका र फाल्गुनन्द गाउँपालिकावीच हुने आयोजक कुम्मायक स्पोर्टिङ क्लबका अध्यक्ष रोहन घिमिरेले जानकारी दिनुभयो ।
प्रतियोगिताको प्रथम हुने टिमले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार सहित तीन बर्षे रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। उपबिजेता टिमले ५५ हजार पाँच सय ५५ रुपैँया पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतिक्रिया