पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाबुको ठेगान नभएको बच्चाको जन्मदर्तालगायत मावलीकै थरबाट दिन सर्कुलर

चिन्तन खबर

काठमाडौं । सरकारले एकल महिलाबाट जन्मेको र बाबुको ठेगान नभएको बच्चाको जन्मदर्तालगायतका कागजपत्र मिलाउन चार बुदे निर्देशन जारी गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुलाई बोधार्थ दिँदै सर्कुलर पठाएका हुन् ।

सर्कुलर अनुसार कुनै महिलाको विवाह अघि जन्मेको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानासँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको ठेगानामा जन्मदर्ता गर्न भनेको छ ।

त्यस्तै विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर र ठेगानामा जन्म दर्ता गर्न भनेको छ ।