Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथरमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, तीनको अवस्था गम्भिर « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथरमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, तीनको अवस्था गम्भिर

चिन्तन खबर

फिदिम । पाँचथरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

याङनामबाट फिदिमतर्फ आउदै गरेको मे १ ज २९५८ नम्बरको डबल क्याप पिकअप दुर्घटनामा सह–चालक पाँचथरको फालेलुङ गाउँपालिका–८ बस्ने वर्ष ३० को सार्जन केरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

फिदिम नगरपालिका ११ स्थित चम्पेटारको फिदिम फालोटको भित्री सडक(खण्ड)को गोलाईमा उक्त पिकअप दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते मध्ये तीन जनाको अवस्था गम्भिर छ ।

दुर्घटनामा फालेलुङका २५ वर्षिया अचेत केरुङ, सोहि स्थानका २७ वर्षका पुर्ण बहादुर जबेगु, नामथर वतन नखुलेको करिव २४ को पुरुषको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै याङवरक गाउँपालिका ५ को वर्ष ५० की निर्मला केरुङ, हिलिहाङ गाउँपालिका ७ बस्ने वर्ष २१ को धन कुमार रसाईली, फालेलुङकै १६ वर्षका सन्देश हाङसोरुम्वा, फिदिम नगरपालिका १० बस्ने वर्ष ६५ की देवी माया रिजाल, फिदिम १ बस्ने वर्ष ८ की कन्चन केरुङ र सवारी चालक फालेलुङ ८ बस्ने वर्ष ३९ का छबि लाल खत्री घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।

ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकको दाँया साईडको नालीमा खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तस्विरः सुन्दर आचार्यको फेसबुकबाट