पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा जातीय हिंसामा ५२ जनाभन्दा बढीको मृत्यु

चिन्तन खबर

काठमाडौं । बुधबारबाट भारतमा जारी जातीय हिंसामा ५२ जना भन्दा बढीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रशासनले जारी गरेको कर्फ्यु र ‘शुट एट साइट’ आदेशका बाबजुत पनि शनिबारसम्म कम्तिमा ५२ जनाको मृत्यु भएको र, हजारौँको संख्यामा मानिसहरू विस्थापित भएको जनाइएको त्यहाका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय दैनिक पत्रिका इन्डियन एक्सप्रेसको आइतबार प्रकाशित समाचारका अनुसार मुख्यमन्त्री एन विरेन सिंहले शनिबार सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा मुख्यमन्त्री सिंहले क्षतिको यकिन विवरण दिन सकेनन् । यद्यपि, एक्सप्रेसले सरकारी अधिकारीहरूको हवाला दिँदै प्रकाशन गरेको समाचारमा मृतकको संख्या बढेको हुनसक्ने जनाएको छ ।

हिंसा सुरु भएपछि शनिबार पहिलोपटक सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका भारतीय कानुनमन्त्री किरेन रिजिजुले झडपमा धेरैको मैत्यु भएको र सम्पत्तिमा क्षति पुगेको स्वीकार गरेका छन् ।