Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
भारपामा ट्याक्टरबाट झरेर दिदी बहिनीको मृत्यु « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

भारपामा ट्याक्टरबाट झरेर दिदी बहिनीको मृत्यु

चिन्तन खबर

फिदिम । पाँचथरमा ट्याक्टरबाट झरेर दई जना विद्यार्थीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मेची राजमार्ग अन्तरगतको फिदिम– भारपा सडकखण्डको हिलिहाङ गाउँपालिका ७ साम्मेवामा ट्याक्टरबाट झरेर दुई वालिकाको ज्यान गएको हो ।

ट्याक्टर चढेर जय भवानी आधारभुत विद्यालय जाँदै गरेका १३ बर्षिय पुजना सुवेदी र ९ बर्षिय गंगा सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालकको सिटको छेउमा रहेको दुई विद्यार्थी ट्याक्टरबाट झरेपछि ट्याक्टर किचेर मृत्यु भएको प्रहरीले जनाएकोछ ।

दुई विद्यार्थीको मृत्यु भएपछि चालक भाग्दा ट्याक्टर दुर्घटना भएको थियो । सोहि क्रममा फेरि डालीमा बालुवामाथि बसेका दुई जना विद्यार्थी घाईते भएका  भएको प्रहरीले जनाएको छ ।

उक्त ट्याक्टरका ११ जना विद्यार्थी चढेका थिए । ट्याक्टरका चालक तथा सहचलाक फरार रहेका प्रहरीले जनाएको छ ।