Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
प्रेस चौतारी पाँचथर शाखाको साधारणसभा सम्पन्न « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

प्रेस चौतारी पाँचथर शाखाको साधारणसभा सम्पन्न

चिन्तन खबर

फिदिम । प्रेस चौतारी नेपाल, पाँचथर शाखाको वार्षिक साधारणसभा शनिवार फिदिममा सम्पन्न भएको छ ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित साधारणसभाले पाँचथरका श्रमजिवी पत्रकारहरुको हित, स्थानीय सञ्चार माध्यमहरुको सम्वद्र्धन तथा संगठन सुदृढिकरणका लागि विभिन्न निर्णयहरु समेत गरेको छ ।

साधारणसभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बस्नेत, विशिष्ट अतिथि नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारी, एमाले पाँचथरका प्रचार विभाग प्रमुख तुलसी थापा, प्रेस चौतारीका केन्द्रीय सदस्य सन्दीप राई, प्रेस चौतारी कोशी प्रदेशका अध्यक्ष अबिजाल विष्ट, प्रेस चौतारी पाँचथरका संस्थापक अध्यक्ष प्रेम ओझा, नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटा, प्रेस युनियन पाँचथरका अध्यक्ष खविन लुइटेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । साधारणसभामा स्वागत मन्तब्य राख्दै प्रेस चौतारी पाँचथरकी उपाध्यक्ष दुर्गा खनालले संगठनका नीति तथा कार्यक्रमको पुनर्मूल्याङ्कन, पत्रकारितालाई थप जनपक्षीय बनाउन वहस गर्ने उद्देश्यले साधारणसभा आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रेस चौतारीले थालेको जिल्लाहरुको साधारणसभाअन्तर्गत कोशी प्रदेशमा पहिलो साधारणसभा पाँचथरमा भएको प्रदेश अध्यक्ष अविजाल विष्टले वताउनुभयो । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले पत्रकारिताले सत्यलाई स्थापित गर्नुपर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न मद्दत गर्नुपर्ने, सकारात्मक प्रयासहरुलाई सामूहिक रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

एमाले अध्यक्ष भण्डारीले पत्रकारिताका सबै फोरमहरुलाई साझा बनाउन जोड दिनुभयो । शनिवार नै आयोजित बन्द सत्रमा अध्यक्ष रवीन्द्र काफ्लेले पेश गरेको प्रतिवेदन सुझाव सहित पारित भएको छ । प्रतिवेदनमाथि चौतारीका पूर्व केन्द्रीय सदस्य युधिष्ठिरराज आमगाईं, प्रदेश कमिटी सदस्यद्वय रमेश थापा र दिलकुमारी तामाङले सुझाव दिनुभएको थियो भने बन्द सत्रलाई एमाले प्रचार विभागका उपप्रमुख शान्तिदेवी राई, युधिष्ठिरराज आमगाईं र सहमान विश्वकर्मा लगायतले सहजिकरण गर्नुभएको थियो ।