पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पशुपतिनाथको जलहरी प्रकरणबारे प्रधानमन्त्रीले भने– ‘यसमा ओलीलाई जोड्ना मिल्दैन’

चिन्तन खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको जलहरी प्रकरणका प्रमुख प्रतिपक्षि दलका नेतालाई जोड्नु उचित नभएका बताएका छन् । आज बसेका संसद बैठकको शुुरुमै उक्त विषयमा बोल्दै पशुपतिनाथको जलहरीको विषयमा निवेदन बारे छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधिसभाको बैठकमा बोल्दै जलहरी प्रकरणमा छानबिनमा सरकारले सहयोग गर्ने बताए।

उनले भने, ‘यो विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार व्यक्ति हुनु उचित होइन। यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन छ।’

संसद्को जेठ १० गते बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

उक्त अभिव्यक्ति पछि नेकपा एमालेले संसद् अवरोध गरेको थियो ।