काठमाडौं । नेकपा(एमाले)को सचिवालय बैठक आज बस्दै छ । पार्टी कार्यायल च्यासलमा विहान ११ बजे बैठक बस्ने भएको हो ।
आजको बैठकले वार्षिक कार्य योजनालाई अन्तिम रुप दिइने तथा केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्ने तयारी रहेको छ ।
गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो ।
एमालेको सचिवालयमा पदाधिकारीसहित १९ जना सदस्य रहेका छन् ।
प्रतिक्रिया