Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
बाढी पहिराका कारण ११९ परिवार विस्थापित « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

बाढी पहिराका कारण ११९ परिवार विस्थापित

चिन्तन खबर

पाँचथर । पाँचथरमा बाढी र पहिराका कारण चार स्थानीय तहका ११९ घर परिवार प्रभावित भएका छन् ।

सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिराका कारण जिल्लाका ११९ परिवारका ५७४ जना नागरिक प्रभावित बनेका हुन् । बाढी र पहिराका कारण १४ घर पूर्ण रुपमा विस्थापित भएका छन् । पूर्ण विस्थापित हुने जिल्लावासीको सङ्ख्या ५९ छ । यस्तै जिल्लाका ८६ घर बाढी पहिराको उच्च जोखिममा छन् । उच्च जोखिममा परेका ८६ परिवारका ४२५ जना नागरिक पनि विस्थापित बनेका छन् ।

यस्तै बाढी पहिराका कारण १९ घरमा आंशिक क्षति पुगेको छ, जसकारण ९० जना नागरिक प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिनुभयो । जिल्लामा हाल कूल ५७४ नागरिक आफ्नो घरबाट विस्थापित बनेको प्रजिअ मंग्रातीले वताउनुभयो ।

बाढीले यहाँका ६ वटा पक्की पुल बगाएको छ । यस्तै एउटा बेलिब्रिज, ८ वटा झोलुङ्गे पुल र एउटा फलामको ट्रस्ट पनि बाढीले बगाएको छ । पुलहरुमा क्षति भएपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड, तमोर कोरिडोरको माझीटार–ताप्लेजुङ खण्ड, मध्यपहाडी लोकमार्गको ओयाम–च्याङथापू खण्ड अवरुद्ध भएका छन् भने दर्जनौं ग्रामीण सडकको सवारी आवागमन प्रभावित बनेको प्रजिअ मंग्रातीले जानकारी दिनुभयो ।

जिल्ला दैवी प्रकोप समितिले बाढी पहिराका कारण विस्थापित सबै परिवारसम्म राहत सामग्री पु¥याएको छ । पूर्ण विस्थापित परिवारका लागि लामो समय उपयोग गर्न सकिने टेण्ट पनि जिल्ला आइपुगेको र भोलिबाट वितरण थालिने प्रजिअ मंग्रातीको भनाई छ ।

बाढी पहिराले हालसम्म एउटा विद्यालय, ३ वटा गोठ, ४६ वटा चौपाया बगाएको तथ्याङ्क सङ्कलन भएको छ । बाढी पहिराका कारण जेसीबी मेसिन २ वटा, एउटा ट्रयाक्टर, एउटा मोटरसाइकल, एउटा स्काभेटर र एउटा क्रसर मेसिन पनि बगाएको छ ।

बाढी पहिराका कारण यहाँका हजारौं रोपनी क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको छ । यद्यपि बालीमा पुगेको क्षतिको विवरण सङ्कलन भइनसकेको प्रजिअ मंग्रातीले वताउनुभयो । “प्रहरी, स्थानीय तहका कृषि प्राविधिक तथा कृषि ज्ञान केन्द्रसमेतको समन्वयमा कृषि बालीमा भएको क्षतिको विवरण सङ्कलन थालिएको छ”, प्रजिअ मंग्रातीले भन्नुभयो, “यथासक्य चाँडो क्षतिको विवरण तयार पारी राहतका लागि उपल्ला निकायमा पहल थाल्ने छौं ।”

पाँचथरमा पहिरोले एक बालिका तथा बाढीले एक महिला र एक पुरुषको ज्यान गएको छ । बाढीमा परी अझैसम्म तीन जना बेपत्ता छन् । बेपत्ताहरुको खोजी कार्य जारी रहेको र यसमा तमोर नदीको सीमावर्ती जिल्लाका सुरक्षा निकायसँग समेत समन्वय भइरहेको प्रजिअ मंग्रातीले जानकारी दिनुभयो ।