Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा ढिलाई नगर्न मन्त्री ज्वालाको निर्देशन « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा ढिलाई नगर्न मन्त्री ज्वालाको निर्देशन

चिन्तन खबर

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बाढी पहिराबाट उत्पन्न विषम परिस्थितिमा राहत तथा क्षतिपूर्ति वितरण तथा पुनर्निर्माणका कार्यमा ढिलाई नगर्न निर्देशन दिनुभएको छ ।

असार पहिलो साता पाँचथरमा बाढी र पहिराले पु¥याएको क्षतिको निरीक्षणका लागि आज पाँचथरको फिदिम आइपुग्नु भएका मन्त्री ज्वालाले जिल्ला प्रशासन कार्यालय पाँचथरमा आयोजित भेटघाट कार्यक्रममा राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा कुनै पनि प्रकारको ढिलाई नगर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सरकारको टोलीले स्थलगत बाढी पहिराको क्षतिको निरीक्षण गर्न नपाएका कारण आफूले सरकारको प्रतिनिधिका रुपमा आएको वताउँदै मन्त्री ज्वालाले सबै मन्त्रालय मातहतका निकायलाई तदारुकताका साथ लाग्न आग्रह गर्नुभयो ।
“राहत, क्षतिपूर्ति र पुनर्निर्माणको कार्य नियमित काम जस्तो होइन्, यसमा ढिलाई हुनु हुँदैन्”, मन्त्री ज्वालाले भन्नुभयो, “अहिले सबै स्रोत साधनको प्रयोग गरेर तदारुकताका साथ काम गरी आधारभूत सेवाबाट बञ्चित नागरिकका लागि सरकारी निकायले काम गर्नुपर्छ ।” उहाँले बाढी पहिराका कारण भएको क्षतिको विवरण सङ्कलन, राहत र क्षतिपूर्तिका लागि प्रशासन र स्थानीय तहले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै पाँचथरमा बाढीमा परी बेपत्ता रहेका तीन जनाको खोजी कार्यलाई नियमित गर्न पनि उहाँले सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

असार २ गते आएको बाढीले क्षति पु¥याएका मेची राजमार्ग, तमोर कोरिडोर र पुष्पलाल (मध्यपहाडी) राजमार्गको अनुगमनका लागि मन्त्री ज्वाला सहितको टोली पाँचथर आएको हो । मन्त्री ज्वालाले मेची राजमार्गअन्तर्गत हेंवा खोलामा बेलिब्रिज निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले सो स्थानमा पक्की पुल निर्माणका लागि चाँडै ठेक्का प्रकृया अघि बढाइने पनि वताउनुभयो । यस्तै बाढीले बगाएको तमोर कोरिडोरको माझीटारस्थित बेलिब्रिज र मध्यपहाडी राजमार्गको दोभानेस्थित सडक पुल रहेका स्थानमा बेलिब्रिज निर्माण गर्ने वा सडक पुल नै बनाउने भन्ने पनि चाँडो यकिन गरेर कार्य थालिने वताउनुभयो ।

सो क्रममा पाँचथरका प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्बाङले बाढी र पहिराका कारण धेरै भौतिक संरचनामा क्षति पुग्दा नागरिकले समस्या झेल्नु परेको भन्दै पुनर्निर्माण चाँडो अघि बढ्नुपर्ने वताउनुभयो । “फालेलुङ गाउँपालिकाभित्रै दुई वटा सडक पुल बग्दा नागरिकलाई सास्ती छ । सरकारको ध्यान मुख्य राजमार्गका अतिरिक्त अन्य संरचनामा पनि पुग्नुपर्छ”, प्रतिनिधि सभा सदस्य नेम्बाङले भन्नुभयो, “घरबार, खेतीपाती, जग्गाजमिन, पशुपंक्षी तथा अन्य संरचनामा क्षति भोगेका जिल्लावासीलाई चाँडो राहत र क्षतिपूर्ति दिन मैले वारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छु ।”

मन्त्री ज्वालाका साथ पूर्वमन्त्री नेम्बाङ, सडक विभागका महानिर्देश सुशीलबावु ढकाल, सडक विभागका उपमहानिर्देशक रामहरी पोखरेल लगायत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतका विभिन्न निकायका अधिकारीहरु सहभागी हुनुहुन्छ । मन्त्री ज्वालाको टोलीले आज र भोलि यहाँका क्षतिग्रस्त सडक तथा अन्य संरचनाहरुको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिनुभयो ।