Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
फिदिममा टेम्पो दुर्घटना हुँदा एकको ज्यान गयो, चार जना घाइते « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

फिदिममा टेम्पो दुर्घटना हुँदा एकको ज्यान गयो, चार जना घाइते

चिन्तन खबर

फिदिम । पाँचथरको सदरमुकाम फिदिममा टेम्पो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । फिदिम नगरपालिका १ स्थित सनिवारेमा प्र १.०१.००१ स ८७०५ नम्बरको अटो अनियन्त्रित भइ दुर्घटना हुँदा फिदिम ६ शिवा बस्ने बर्ष ५५ कि हरीमाया तुम्रोक ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनामा अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना भएको खबर थाहा पाउनसाथ प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो । अस्पतालमा उपचारका क्रममा तुम्रोकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले बताउनुभयो ।

दुर्घटनामा अटो चालक फिदिम ६ दिपक लिम्बु, फिदिम ६ की वसन्ती लिम्बु, फिदिम ६ कै सन्देश लिम्बु र फिदिम ७ का कुशसल लिम्बु घाइते भएको प्रहरीले जनाएको छ । अन्य घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।